प्राइम खबर संबाददाता | मंसिर २, २०७८ बिहिबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खलनायकको संज्ञा दिदै विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन लागेको आरोप लगाएका छन् । बुधबार महोत्तरीको राम गोपालपुरमा भएको जनसभामा बोल्दै ओली गणतन्त्र र मधेशको खलनायक भएको आरोप समेत लगाए ।
‘भिलेनले लडेर ल्याएको गणतन्त्र उल्टाउने षड्यन्त्र गर्यो,’ प्रचण्डले ओलीबारे कडा टिप्पणी गर्दै भने,‘केपी ओली खलनायक हुन् ।’ ओलीले विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन खोजेको आरोप लगाए । उनले भने,‘देशी विदेशी ठूलै शक्ति मिलेर गणतन्त्र उल्टाउने षड्यन्त्र भयो ।’
ओलीले प्रतिनिधि सभा विघटन गरेर जनताको रगत र पसिनामाथि कुठाराघात गरेको अध्यक्ष प्रचण्डले टिप्पणी गरेका छन् ।