प्राइम खबर संबाददाता | माघ २३, २०७७ शुक्रबार

रौतहटको बृन्दावन नगरपालिका स्थित भुसहा टोलमा एक बेवारिसे शव फेला परेको छ । जिल्लाको बृन्दावन नगरपालिकाको वडा नम्बर ९ भुषाहा स्थित गहुँ खेतमा अन्दाजी ३०-३५ बर्षका एक पुरुषको विहिबार साझ  सो शव गहुबारीमा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।  मृत लास कस्को भनी पहिचान खुल्न नसकेकाले इलाका प्रहरी कार्यालय गरुडाले  चिन्ने हुने आम नागरिकहरुलाई सम्पर्कमा आउन अनुरोध समेत गरेको छ । 
रौतहटमा पछिल्लो समय आपराधिक समुहको आक्रमणबाट  ब्यक्तिहरुको हत्या गर्ने घटना बढ्दै गइरहेको छ ।  घटना घट्यो भन्ने अनुसन्धान भइरहेकाले यस घटनाको सम्बन्धमा प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन । मृतकलाई चिन्नु हुने नागरिकहरुले इलाका प्रहरी कार्यालय गरुडाको  ९८५५०९०१६५ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।