प्राइम खबर संबाददाता | मंसिर १, २०७८ बुधबार
नेपाली कांग्रेस रौतहट क्षेत्र नं. ४ का महासमिति सदस्य एवम् चन्द्रपुर वडा नं ५ बाट लोकप्रिय मत प्राप्त भई क्षेत्रीय प्रतिनिधिमा निर्वाचित नेपाली कांग्रेसका युवनेता मुकेश गिरीले १४औँ महाधिवेशनमा नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसका युवा नेता समेत रहेका गिरीले चन्द्रपुर नगर सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।
‘कांग्रेसको संगठन निर्माण, जनताको आवश्यक्तालाई ध्यान दिएर १४औँ महाधिवेशनमा नगर सभापतिमा उम्मेदवारी दिनेछु’, उनले भने, ‘पार्टीका शीर्ष नेताहरू, चन्द्रपुर नगरका कांग्रेस नेता कार्यकर्ताहरूको परामर्शमा सभापतिमा उम्मेदवारी दिन लागेको छु ।’
गिरीले वडा नम्वर ५ मा आफूले वडा सभापतिको जिम्मेवारी सम्हालिसकेको र आफूले नेतृत्व गरेको वडामा कांग्रेस पार्टीलाई मजबुद बनाई स्थानीय तहको निर्वाचनमा समेत सम्पूर्ण प्यानल नै विजयी गराउन सफल मानिएका नेता गिरी युवावर्गको पहिलो रोजाईको नेता अन्तर्गत पर्दछन । चन्द्रपुर नगर कांग्रेसलाई एक ढिक्का बनाई बलियो शक्तिको रूपमा स्थापित गर्न भन्दै नगर सभापतिमा रहेर कांग्रेसको संगठन निर्माणमा काम गर्ने बताएका छन् ।
वडा सभापति रहेर अनुभव एबम् संगठन निर्माणमा कुशल नेतृत्व मानिएका गिरीले १४औँ महाधिवेशनबाट नगर सभापति भएर पूरा अवधि कांग्रेसको संगठन निर्माण र गुट उपगुट नहेरी गुट विशेषको नेता मात्र नभई समग्र कांग्रेसको नेतृत्व गर्ने बताएका छन् ।
युवा नेता गिरीले १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरूलाई असल नेतृत्वलाई मतदान गर्न अपील पनि गरेका छन् । उनले असल नेता पार्टीको नेतृत्वमा पुग्यो भने मात्रै कांग्रेस बलियो हुने नेता गिरीको भनाई रहेको छ ।
यसैबीच, नगर सभापतिका उम्मेदवार गिरीले चन्द्रपुर नगरपालिकाका १० वटै वडाबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरूलाई आफूलाई नगर सभापतिमा निर्वाचित गर्न अपील सहित सबै वडाका नव निर्वाचित पदाधिकारी सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस चन्द्रपुर नगर अधिवेशन एकताको अधिवेशनको स्वरूप हुने हुँदा नेता गिरी नै सबैको रोजाईको साझा उम्मेदवार बन्ने सम्भावना भएको हुँदा आफू विश्वस्त रहेको हुँदा नेता गिरी नै सर्वसम्मत नगर सभापति पदमा निर्वाचित हुने सम्भावना प्रबल रहेको क्षेत्रीय प्रतिनिधि संगम श्रेष्ठले बताए ।