प्राइम खबर संबाददाता | माघ २१, २०७७ बुधबार

रौतहटको चन्द्र्निगाहपुरमा नेकपा प्रचण्ड—माधव समुहले मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको असंबैधानिक कदम र गैर कानुनी संबैधानिक नियुक्तिको विरोधमा विहिबार नेपाल बन्दको पुर्व सन्ध्यामा बुधबार साझ मसाल जुलुस गरिएको हो । मसाल जुलुसमा सहभागी सो सममुहका नेता तथा कार्यकर्ताहरुले माघ २२ गतेको आम हड्ताल सफल पारौ , अबैधानिक नियुक्ति खारेज गर लगायत सरकार विरोधी नारा लगाएका थिए । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री  ओलीले एकलौटी रूपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै बिहीवार हड्तालको घोषणा समेत गरेको छ ।