प्राइम खबर संबाददाता | कात्तिक ११, २०७८ बिहिबार

बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकिकृत समाजवादी) को नेता राजेन्द्र पाण्डे नियुक्त भएका छन् । समाजवादीको संसदीय दलको नेता पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 
बुधबार पुर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रमुख शर्माले मुख्यमन्त्रीमा दाबी पेस गर्न आज दिउँसोको ३ बजेसम्मको समय तोकेका थिए । पाण्डेलाई प्रदेशका ५९ प्रदेशसभाका सदस्यहरुको समर्थन रहेको छ । मन्त्री पाण्डेले आजै पद तथा गोपनियताको शपथग्रहण गरेका  छन् ।