प्राइम खबर संबाददाता | कात्तिक १०, २०७८ बुधबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुरबाट ठूलो परिमाणको लागू औषध सहित दुईजना पक्राउ परेका छन् । मंगलबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बिशेष सुराकीको आधारमा प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने चन्द्रनिगाहपुर चोकबाट लागु औषध ओसार पसारमा संलग्नहरू पक्राउ परेका हुन् ।


  पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर न.पा.वडा नं.५ पोखरिया बस्ने कुरुमान अंसारीको छोरा बर्ष २२ को रोज महमद र सोही नगरपालिका वडा नं २ बस्ने बर्ष ३७ का देवेन्द्र दास रहेको प्रहरीले जनाएको छ ।



  पक्राउ परेका अभियुक्त रोज महम्मदले भिरेको झोला चेकजाँचको क्रमममा उक्त झोला भित्रलुकाई छिपाई ल्याएको १० वटा प्याकेटमा रहेको ३ हजार थान टयाव्लेट लागु औषध नाइट्रोभेट-१० फेला परेको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

 सो परिमाणको लागू औषध सहित महम्मदलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याई बरामद भएको लागू औषधहरु के कँहा बाट ल्याएको हो भनी सोधपुछ गर्दा उक्त लागू औषध अर्का अभिक्युक्त सर्लाहीका देवेन्द्र दासले दिएर पठाएको भनि बताएको प्रहरी स्रोतले बताएको छ ।



 लागू औषध पठाउने दासलाई समेत पनि चन्द्रनिगाहपुरबाट नै पक्राउ गरी दुई अभियुक्तलाई लागूऔषध शिर्षकमा मुद्दा दर्ता गरी बुधबार सम्मानित अदालतबाट म्याद लिई प्रहरी कार्यालयको न्यायायिक हिरासतमा राखि अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन् ।