प्राइम खबर संबाददाता | माघ २०, २०७७ मंगलबार
रौतहट सशस्त्र प्रहरीले लागुऔषध सहित एक जनालाई रौतहट बाट पक्राउ गरेको छ । पक्राऊ पर्नेमा गरुडा नगपालिका ११ बस्ने बर्ष २८ को महोमद फर्मान छन्। बोर्डर आउट पोष्ट गौरबाट खटिएको टोलिले महादेवपट्टिमा चेकजाँच गर्ने क्रममा १० ग्राम गाजा तथा १५ थान विनसिरेक्स सहित फर्मान लाइ पक्राउ गरिएको सशस्त्र प्रहरीले बताएको छ। पक्राउ परेका फर्मानलाइ आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाएको बिओपी गौरले जानकारी दिएको छ ।