प्राइम खबर संबाददाता | पुस २८, २०७७ मंगलबार
चन्द्रपुर नगरपालिका कार्यपालिका सदस्य सरस्वती खुलाल ओली समुहको नेकापामा गएपछि नेकपा संसदीय दल चन्द्रपुर नगरपालिकामा तरंग पैदा भएको छ ।
खुलाल चन्द्रपुर नगरपालिका वडा नम्बर ३ बाट निर्वाचित सदस्य हुन वडा सदस्य हुँदै उनी कार्यपालिका सदस्य समेत तत्कालीन एमाले र माओवादी केन्द्रको गठबंधन बाट कार्यपालिकामा निर्वाचित भएकी कार्यपालिका सदस्य हुन् । खुलाल लाई नेकपा संसदीय दलले चन्द्रपुर नगरपालिकाको सामाजिक विकास संयोजकमा सिफारिस गरेपछि हाल उनी नगरपालिकाको सामाजिक विकास संयोजक समेत रहेकी छिन् ।
पछिल्लो समय देशमा भएको राजनीतिक हलचल र पार्टी विभाजन पश्चात उनी मौन रहेर पर्ख र हेर को अवस्थामा रहेको भएता पनि पछिल्लो समय ओली समूह द्वारा आयोजित क्षेत्रिय भेलामा सहभागी हुन पुगेपछि चन्द्रपुर नेकपा राजनीतिमा ठूलै हलचल ल्याएको छ ।
नेकपा ओली समूहमा गएपछि उनको सामाजिक विकास संयोजकको जिम्मेवारी बाट हटाउन पनि सकिने त्यो विषयमा छिटै औपचारिक निर्णय हुने नेकपा प्रचण्ड नेपाल समूहका एक नेता ले बताए । नेकपा संसदीय दल चन्द्रपुर नगरपालिकामा नेकपा प्रचण्ड नेपाल समूहको राम्रो बहुमत रहेको छ । ओली समूहमा लागेका मन्त्री तथा मुख्यमंत्री हरुलाई प्रदेश सभामा अविश्वासको प्रस्ताव लैजाने काम यस अघि नी विभिन्न प्रदेश हरुमा समेत भएकै हुन । स्थानीय सरकारमा पनि यसकुराको पुनरावृत्ति हुन सक्ने श्रोतको दावी रहेको छ ।