प्राइम खबर संबाददाता | कात्तिक ७, २०७८ आइतबार

रौतहट जिल्ला स्थित श्री मा.वि दुधिअवा एस एल सी ब्याच ६०/६१  विद्यार्थीहरु भेटघाट तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । 



 प्रवेशिका परीक्षा ६०/६१ का  साथीहरु १७ बर्ष पछिको लामो अंतराल पछि  भेटघाट गर्न  हेटौंडाका विभिन्न  पर्यटकिय स्थल पुगेका तत्कालीन विद्यार्थीहरू मकवानपुरको  पाथिभरा मन्दिर दर्शन पश्चात् फोटो सेसन गर्दै सहिद स्मारक हुँदै  भोजनमा सरिक भएका हुन् । 
दशैं पश्चातको समयलाई सदुपयोग गर्दै   मित्रमिलन  सम्मान कार्याकम तथा अनुभव साटासाट गरिएको कार्यक्रमममा सहभागी जेन्जय लामाले बताए । उक्त  कार्यक्रम   ब्यवस्थापन  सुरेस मैनाली र रामकृष्ण "रिजन" ले गरेका थिए भने  संयोजन जेन लामा ,र लक्ष्मी खरेल लगायतले गरेका थिए । 




  उक्त  मित्रमिलन कार्यक्रम असाध्यै स्मरण योग्य एबम्  प्रभावकारी रहेको र फेरि एकचोटी पुनः पुरानो स्कुल जीवनको याद आएको  चितवनबाट सहभागी साथी सीता श्रेष्ठले बताइन् । कार्यक्रमका सहभागी  सुरेश चौधरीले  यस किसिमका कार्यक्रम नियमित रूपमा राख्न सकिए सँगैका सहपाठी साथीहरु टाढा टाढा रहेपनि एकै स्थानमा भेला भई रमाउँदा   पुनः स्कुलले जीवनको सम्झना आएको अनुभव सुनाए । 


मित्रमिलन  कार्यक्रममा उपस्थित सम्पूर्ण  साथीलाई धन्यवाद ज्ञापन सहित  मायाको  चिनो ग्रहण गर्दै बिदाई गर्दै  आगामी दिनमा समेत यस्ता कार्यक्रम अझै गर्न कार्यक्रमममा  सहभागी सबै साथीले ईच्छा  गरेको कार्यक्रमका संयोजक जेन लामाले बताएका छन् ।