प्राइम खबर संबाददाता | कात्तिक ५, २०७८ शुक्रबार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपसभापति प्रकाशमान सिंहले आफू पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्ने बताएका छन् ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड हुन आग्रह गर्दै नेता सिंहले पार्टीलाई सही दिशामा अघि बढाउन कार्यकर्ताले र नागरिकले समेत नयाँ नेतृत्व खोजेको बताएका छन्् ।
मातृशोकका परी किरिय बसेका नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई बिहीवार भेट्न धादिङ आएका नेता सिंहले पार्टीको १४ औँ महाधिवेशनमा आफूलाई सभापति पदको उम्मेदवारी दिन कसैले छेक्न नसक्ने घोषण गरेका छन् ।