प्राइम खबर संबाददाता | कात्तिक ५, २०७८ शुक्रबार

नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीवार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मङ्सिर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो ।


यसअघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका थिए।



तर बिहिवारको बैठकले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । बुटवलमा गर्र्ने भनिएको महाधिबेशन एक्कासी माओबादी अध्यक्ष प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा गर्ने एमालेको घोषणालाई अर्थपूर्ण रुपमा लिईएको स्रोतको भनाई रहेको छ ।