प्राइम खबर संबाददाता | कात्तिक ४, २०७८ बिहिबार
जेबी राउत-
रौतहट जिल्लाको चन्द्रपुर ८ स्थित सन्तपुरमा श्रीकृष्ण प्रणामी मन्दिरको शिलान्यास गरिएको छ ।
करीव दश करोडको लागतमा सो स्थानमा मन्दिर तथा सामुदायिक भवन निर्माण हुन लागेको हो । बुधबार एक कार्यक्रमको आयोजना गर्दै उक्त प्रस्ताबित मन्दिरको सिलान्यास गरीएको स्थानिय प्रकाश चौलागाईले बताएका छन् ।
सहरी पुर्वाधार कार्यक्रम अन्तर्गत श्रीकृष्ण प्रणामि मन्दिर सन्तपुरको भवन दश करोड लागतमा निर्माण हुने र उक्त मन्दिरको निर्माण कार्य २ बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य भएको स्रोतको भनाई रहेको छ । सो मन्दिरको सिलान्यास कार्यक्रममा महाराजश्री ,आयोजना प्रमुख प्रदिप सिंह, महाराजजी सन्तबृन्द, श्रीकृष्ण प्रणामी सेवा समिती नेपाल र श्रीकृष्णप्रणामी युवापरिषद् नेपाल, बाइजुराज महिला समितिका केन्द्रीय पदाधिकारी ,साथै जिल्ला पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।