प्राइम खबर संबाददाता | कात्तिक ३, २०७८ बुधबार

केहि दिनदेखिको अविरल वर्षाका कारण सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ ।
अबिरल वर्षाका कारण नदीमा पानीको बहाव बढेसंगै पुलको दुई फिट पिलर भासिएको धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाटले जानकारी दिएका छन् ।
रानाभाटका अनुसार ४७० मिटर लामो र ११ मिटर चौडाइ भएको हुलाकी सडकको मेरुदण्डको मानिने सो पुलको पश्चिमतिरबाट तेस्रो नम्बरको पिलर भासिएको बताईएको छ ।
 सो स्थानमा लामो समयदेखि पुल निर्माण कार्य सम्पन्न नभएकाले स्थानीय सर्वसाधारण तथा किसानले डुंगा चढेर आवात जावत गर्दै आएका छन् । गत  असारमा पनि  उक्त नदीमा आएको बाढीले पूर्व तर्फबाट सोहि पुलको दोस्रो नम्बरको स्पान भासिएको स्थानिहरु बताउछन् ।