प्राइम खबर संबाददाता | कात्तिक ३, २०७८ बुधबार

गठबन्धनको तर्फबाट सरकार गठन भएको आज बुधबार सय दिन पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको ‘अनौपचारिक’ सचिवालयले सरकारका १०० दिनको समीक्षा गरेको छ । प्रधानमन्त्री देउवाले अहिलेसम्म सचिवायल गठन नगरेका कारण सचिवालयले अनौपचारिक रूपमै काम गर्दै आएको छ ।


अनौपचारिक सचिवालयले २४ बुँदामा तयार पारेको समीक्षामा सन्तुलित कूटनीतिमा उपलब्धि हासिल गर्नुलाई पहिलो नम्बरमा उल्लेख गरिएको छ । सरकारका उपलब्धिमा लगानीमैत्री वातावरण सिर्जना भएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरतातर्फ मुलुक अघि बढेको दाबी गरिएको छ । कोभिडप्रभावित उद्योगी–व्यवसायीका लागि राहत प्याकज ल्याएको भन्दै राजस्व संकलनमा पनि महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरिएको छ ।



सरकारका १०० दिनको उपलब्धि :
१. सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति
२. सफल खोप कूटनीति 
३. एक करोड ५० लाख खोप व्यवस्थापन
४.लक्षितमध्ये ३२.६ प्रतिशतले पूर्ण खोप लगाए
५. लगानीमैत्री वातावरणको सृजना
६. निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम
७. कोभिडको मारमा परेका उद्योगी–व्यावसायीलाई राहत प्याकेज
८. प्रभावकारी रूपमा कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन
९. चुस्त सुरक्षा व्यवस्था
१०. प्रभावकारी रूपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
११. राजस्व संकलनमा उल्लेख्य वृद्धि
१२. स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार
१३. विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि
१४. सडक तथा यातायातको पहुँच विस्तार
१५. देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार
१६. सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको
१७. विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको
१७. सरकारी कागजातहरूको डिजिटल अर्काइभिङ सुरु
१८. दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि डिस्टन्स लर्निगको प्रक्रिया सुरु
१९. प्रकृतिक विपसत्तमा तत्काल रेस्पोन्स
२०. क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने निर्णय
२२. अति विपन्न गरिव घर परिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाका दरले राहात दिने घोषणा
२३. युवा–विद्यार्थीलक्षित ‘पढ्दै कमाउदै’ कार्यक्रम र नारी समुदायलक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा
२४. साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाइ प्रोत्साहनस्वरूप जनही पाँच लाख रुपैयाँ दिने घोषणा ।