प्राइम खबर संबाददाता | असोज २३, २०७८ शनिबार
रौतहट जिल्लाको प्रमुख जिल्ला अधिकारीमा उपसचिव कृष्ण बहादुर शाही आउने भएका छन ।
एकवर्ष भन्दा बढी समय काम गरेका सह सचिव इन्द्रदेव यादवको सरुवा भएको छ ।
सिडिओ यादवको सुनसरी जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट सिडिओ शाही रौतहट आउन लागेका हुन ।
गृहमन्त्रालयले असोज २२ गतेको मन्त्री स्तरीय निर्णयले प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको हो ।