प्राइम खबर संबाददाता | माघ १९, २०७७ सोमबार

रौतहटमा नेपाली काग्रेसका विभिन्न भातृ संघ संस्थाहरुको अगुवाइमा प्रधानमन्त्री  खड्ग प्रसाद ओलि नेतृत्वको सरकारले गरेको संसद विघटन असंबैधानिक कदम भएको भन्दै चन्द्रनिगाहपुरमा सोमवार बिरोध प्रर्दशन गरेको छ ।
   नेपाली काग्रेस पाटीका नेता कार्यकर्ताहरु नेपाल तरुण दलको सयोजकत्वमा भातृ संस्थाहरुका पदाधिकारीहरु बिरोध सभा सहभागी थिए । जिल्लाको चन्द्रनिगाहपुर  स्थित तल्लोबजार बाट विभिन्न नाराबाजी सहित चन्द्रनिगापुर चोक परिक्रमा गर्दै तीनकुने चोकमा भएको बिरोध कार्यक्रममा संसद बिघटन असंवैधानिक रहेको भन्दै सरकारको आलोचना गरिएको छ । 
विरोध कार्यक्रममा कोण सभालाई सम्बोधन गर्दै  नेपाली कांग्रेस जिल्ला सभापति कृष्ण यादवले  'ओली सरकारले गरेको संसद विघटनको निर्णय अदालतले सदर गरे काँग्रेस जुनसुकै परिस्थितिमा पनि आन्दोलनको आँधिबेहरी सिर्जना गर्न तत्पर रहेको’ बताएका छन्  ।  
कार्यकर्ता लाई आन्दोलन सशक्त बनाउन डटेर  लागि पर्न समेत जिल्ला सभापतिले अनुरोध गरेका काँग्रेस चन्द्रपुरका युवा नेता कल्याण कार्कीले जानकारी दिएका छन् ।