प्राइम खबर संबाददाता | असोज १६, २०७८ शनिबार

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) रौतहटको वृहत भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


 जिल्लाको गरुडामा शनिबार सम्पन्न भेलाले माओवादीकी चर्चित महिला नेतृ प्रमिला रखालको अध्यक्षतामा ५१ सदस्यीय अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला समिति समेत चयन गरिएको महिला नेतृ कमल ढकालले जानकारी दिएकी छन् । नवगठित समितिको उपाध्यक्षमा हिरा थापा , कमला ढकाल , नुरजा खातुन , माला जयसवाल र सचिवमा सिमा राउत लगायतका चयन भएको अखिल नेपाल महिला संघ क्रान्तिकारीले जानकारी दिएको छ ।



  कार्यक्रममा मुलुकको राजनितिक परिस्थिती र महिलाहरुले झेल्नु परेका सामाजिक, आर्थिक,राजनीतिक समस्याका साथै वेतिथिहरुलाई निर्मुल पार्न महिला संघ क्रान्तिकारीले अग्रणी भूमिका निर्वाह गर्ने विश्वास लिएको माओवादीका नेताहरुले बताएका थिए ।



  माओवादी केन्द्रका रौतहट इन्चार्ज तथा केन्द्रिय सदस्य युवराज भट्टराइ समिरको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा रौतहट जिल्लाका क्रान्तिकारी महिलाहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।