प्राइम खबर संबाददाता | असोज १६, २०७८ शनिबार

काठमाडौंका ११ वटा नगरपालिकामध्ये १० वटामा आज अधिवेशन हुने कांग्रेसले जानकारी दिएको छ । वडा नम्बर–२ मा वडा अधिवेशन बाँकी रहेकाले दक्षिणकाली नगरपालिकामा भने पछि अधिवेशन हुने भएको हो ।


काठमाडौंका नगरमध्ये चन्द्रागिरी नगरपालिकामा भने सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । वर्तमान नगरसभापति घनश्याम गिरीलाई नै अर्को कार्यकाल पनि दिन कांग्रेसका संस्थापन र इतर दुवै पक्ष राजी भएका हुन् । अन्य नगरपालिकाको नेतृ्त्व चयनका लागि भने पार्टी सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौलाको समूह बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको समूह बनेको छ ।



प्रगतिमान नेपाल तरुण दल, काठमाडौंका संस्थापक अध्यक्ष तथा आमन्त्रित जिल्ला कार्यसमिति सदस्य हुन्। शाक्य काठमाडौं महानगरपालिका–२५ का वडाध्यक्ष हुन्। महानगरको निर्वाचनलाई महत्वकासाथ हेरिएको छ।