प्राइम खबर संबाददाता | असोज १६, २०७८ शनिबार
शनिबार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का पानी परेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको देखिन्छ । आज दिउँसो प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम पर्ने सम्भावना रहेको छ ।यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।
प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानहरुमा भारी पानी पर्ने सम्भावना रहेको छ । आइतबार प्रदेश १ तथा २ का धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको मौसम बिभागले जनाएको छ ।