प्राइम खबर संबाददाता | असोज १५, २०७८ शुक्रबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ रहेको छ।


अनेरास्ववियू क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले योग्य व्यक्ति आए आफूले जिम्मेवारीबाट बिदा लिन चाहेको बताएका छन् ।



‘माओवादीभित्रै प्रचण्डको काम छैन,आफैँ अघि बढ्नुपर्यो भन्ने सुनिन्छ मलाई के लाग्छ भने भित्रै बसेर मजाले किताब लेख्न पाए हुन्थ्यो, जिम्मेवारी लिने त्यस्तो पात्र पाए त’, भन्ने उनको भनाई रहेको छ ।