प्राइम खबर संबाददाता | असोज १५, २०७८ शुक्रबार
नेपाली कांग्रेस धनकुटाले चौविसे र साँगुरीगढीमा स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । सूर्य वहादुर थापा प्रतिष्ठानको संयोजनमा उक्त सामाग्री वितरण गरेको हो ।
उक्त स्वास्थ्य सामाग्री वितरण कार्यक्रमको अवसर पारेर प्राथिमक स्वास्थ्य केन्द्र डाडाँबजारका प्रमुख निरज खतिवडालाई हिमालयन बैंकका प्रदेश १ का प्रमुख अमित मल्लले सूर्य बहादुर थापा प्रतिष्ठानको संयोजनमा प्राप्त स्वास्थ्य सामाग्री सहित हिमालयन बैकको तर्फको १ लाख ५० हजार रुपैयाँको चेक स्वास्थ्य समाग्रीहरु खरिदका लागि प्रदान गरेका छन् ।
सोहि अवसरमा बुढीमोरङ स्वास्थ्य चौकीका प्रमुख अनिल प्रधानलाई पूर्व मन्त्री तथा कांग्रेस सहमहामन्त्री सुनिल बहादुर थापा र हिमालयन बैंकका प्रदेश १ का प्रमुख मल्लले स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुका साथै स्वास्थ्य समाग्रीका लागि हिमालयन बैंकको तर्फबाट १ लाख ५० हजार रुपैयाँको चेक समेत हस्तान्तरण गरेको नेपाली कांगे्रस सहमहामन्त्री सुनिल बहादुर थापाले जानकारी दिएका छन् ।
सामाग्री हस्तान्तरण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा ११ जना प्रबेश गरेका छन् । उक्त नवप्रवेसि कार्यकर्ताहरुलाई नेपाली कांगे्रस पार्टीका सहमहामन्त्री थापा र केन्द्रिय आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, साँगुरीगढी गाउँपालिकाका वडा अध्यक्षहरु, पूर्व क्षेत्रिय उपसभापती भविता राई, प्रदेश सभा सदस्य लिला सुब्बालगायतले टिका लगाउदै स्वागत गरेका छन् ।
वडाध्यक्ष पलक वहादुर वस्नेत र पार्टीका चौविसे गाउँपालिका सभापती बिजु राईको अध्यक्षमा सम्पन्न कार्यक्रममा चौविसे गाउँपालिको राजारानीमा नेपाली कांग्रेस चौविसे गाउँपालिका वडा नं १, २,३,४,५,६,७,८ का सभापतीहरु लाई नेपाली कांग्रसले स्वास्थ्य समाग्री वितरण गरेको हो ।