प्राइम खबर संबाददाता | माघ १८, २०७७ आइतबार

रौतहटको बृन्दावन नगरपालिका क्षेत्रमा रहेको वनमा बाघ देखा परेको छ । बृन्दावन नगरपालिका अन्तरर्गत रहेको बलेरी जंगलमा बाघ देखा परेको हो उक्त वन क्षेत्रमा जडान गरिएको सिसि क्यामेरामा बाघको दृश्य कैद भएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
 वन्य जन्तुको निगरानीका लागि बन क्षेत्रमा राखिएको क्यामेरामा बाघ देखा परेकाले सर्तक रहन डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहले आग्रह समेत गरेका छन् ।
पछिल्लो समयमा वनमा बाघ देखा परेकाले वनमा प्रवेश नगर्न र सर्तक रहन समेत उनले सवैमा अपिल गरेका छन् । यसअघि पनि चन्द्रपुर नगरपालिका स्थित गैडाटारमा र जुडिबेला स्थित रहेको जंगलमा पाटे बाघ देखिएको थियो । वन क्षेत्रमा चर्न गएका खसी,बाख्रा, गाईलाई समेत बाघले आक्रमण गर्ने गरेको स्थानियले बताएका छन । 
पछिल्लो समय यस क्षेत्रका वनमा बन्यजन्तुको बिगबिगी बढेको हुदा बन्यजन्तुहरुको आक्रमण बाट बाँच्न सचेत रहनु पर्ने डिभिजन बन् कार्यालयको भनाइ रहेको छ । 
गत असोज १४ गते बाघको आक्रमणबाट चन्द्रपुर ६ का  एक युवकको मृत्यु भएको थियो भने दुई जना घाईते समेत भएका थिए । पछिल्ला बर्षहरुमा रौतहटका बनक्षेत्रमा जंगली जनावरहरुको सख्या बढेसगै जोखिम बढेकोले बनमा प्रवेश नगर्न र होसीयारी अपनाउन डिभिजन बन कार्यालय रौतहटको  आग्रह रहेको छ । 


तस्बिर : सांकेतिक