प्राइम खबर संबाददाता | असोज ८, २०७८ शुक्रबार

रौतहट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को चन्द्रपुर नगर भेला भव्यताका साथ शुक्रबार सम्पन्न भएको छ ।


जिल्ला अध्यक्ष कमल राय यादवको अध्यक्षता एबम् केन्द्रीय सदस्य तथा प्रदेश नं २ का इन्चार्ज लक्षमण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य रामकुमार भट्टराई ,पूर्व सचिवहरु रजिउदिन आलम,महेन्द्र चौलागाईं लगायतका समाजवादी नेताहरुको सहभागिता रहेको थियो ।



   अगुवा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको सो भेलाले युवानेता बाबुराम दाहालको संयोजककत्वमा १०१ सदस्यिय नगर कमिटी गठन गरेको जनाएको छ । रौतहट जिल्लामा निकै राम्रो प्रभाव बनाएको एकीकृत समाजवादीमा जिल्लाका अधिकांश जनप्रतिनिधि तथा एमालेका प्रभावशाली नेताहरु एमाले त्यागेर सो पार्टीमा समाहित भएपछि सांगठनिक रूपमा एकीकृत समाजबादी मजबुद बनेको समाजवादी नेताहरु बताउँछन्।