प्राइम खबर संबाददाता | माघ १८, २०७७ आइतबार
रौतहट नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समुहको भेला आइतबार रौतहटको गरुडामा सम्पन्न भएको छ ।
खड्ग प्रसाद ओली नेतृत्व सरकारको असम्वैधानीक कदमको बिरोध गर्न सर्घष समितीको आयोजनामा कार्यक्रम भएको हो ।
अर्को चरणको आन्दोलनको तयारीका लागि भेलाको आयोजना गरिएको नेकपा रौतहटका इन्चार्ज युवराज भट्टराई समिरले जानकारी दिएका छन ।
कार्यक्रममा नेकपाका नेताहरु कल्याणी खड्का, राम कुमार भट्टराई, सत्यनारायण भगत,सरला यादव,अशोक जयसवाल, देवेन्द्र पटेल लगाएतका नेताहरु र जिल्ला तहका कार्यकर्ताहरुको उपस्थिती रहेको इन्चार्ज भट्टराईले जानकारी दिएका छन् ।