प्राइम खबर संबाददाता | असोज ८, २०७८ शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रताको प्रवद्र्धन र पत्रकारको पेशागत हितप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता–२०७८’ पुरस्कार नेपाल टेलिभिजनका कपिलवस्तु समाचारदाता वासुदेव वर्मालाई प्रदान गर्दै प्रधानमन्त्री देउवाले संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता र विचार तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।


उहाँले भन्नुभयो, “विगतमा गौरवमय सङ्घर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगत्लाई विकसित र व्यवसायी बनाउँदै लैजाने कार्य गर्न सरकार तयार छ ।”