प्राइम खबर संबाददाता | असोज ७, २०७८ बिहिबार
नेकपा माओवादी केन्द्र त्यागेर रौतहट जिल्लाका प्रभावशाली नेताको रूपले परिचित रहेका बलराम राउत सहित सैयौंको संख्यामा बिहीबार नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नंबर १ स्थित बागमती मंगलपुरमा नेपाली कांग्रेसद्वारा आयोजित पार्टी प्रवेशको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ८० वर्षीय वृद्धा लगायत ठूलो संख्यामा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी निकट युवा संगठनको केन्द्रीय सदस्य समेत रहेका राम कल्याण राउतले समेत नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको बताएका छन् । राउत सोही वडामा राम्रो पकड बनाएका नेताका रूपले चिनिन्छन ।
नेपाली कांग्रेसका नेता एबम् प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले माओवादी केन्द्रका चन्द्रपुर वडा नंबर १ का संयोजक समेत रहेका नेता राउत लगायतलाई पार्टीको साधारण सदस्यता सहित अबिर र खाँदा ओढाएर नेपाली कांग्रेस पार्टी प्रवेश गराएका हुन् । नेता राउतको प्रवेशले कांग्रेस पार्टी झन् सशक्त एबम् बलियो भएको एमाले र माओवादीमा ठूलै पहिरो गएको स्थानीय बुद्धिजीवीहरूको विश्लेषण रहेको छ।
माओवादी केन्द्र पार्टी गरीब,विपन्नको नाममा घृणीत राजनीति गर्ने र पटक पटक नेपाली जनतालाई धोका दिने पार्टी रहेको र माओवादी पार्टीको पछि लाग्नेको राजनीतिक भविष्य समेत नरहेको नवप्रवेशी नेता राउतले बताए ।
कम्युनिष्टको गढ भनेर चिनिएको चन्द्रपुर १ मा अब कांग्रेसको चारतारे झण्डा गाडेर देखाउने नेता राउतले बताएका छन् ।विश्वमा असफल कम्युनिस्ट व्यवस्था नेपालमा पनि असफल भएको केपी नेतृत्वको साढे ३ बर्से कार्यकाल बाट प्रमाणित भइसकेको प्रदेश संसद धन लाल ठोकर को भनाइ रहेको छ ।
रौतहट जिल्लामा मात्र नभई देशैभरीका जनताले असफल कम्युनिस्ट पार्टीको विरुद्ध तिक्तता पोख्दै नेपाली कांग्रेस रोजेको वर्तमान अवस्थामा कम्युनिष्टको पछि लाग्नु भनेको बेलको रुखमा सुन्तला खोज्नु जस्तै भएको उनले बताएका छन् ।
संघीय संसद देवप्रसाद तिमल्सिनाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथिहरुमा प्रदेश संसद तथा नगर सभापति धनलाल ठोकर, वृन्दावन नगरपालिकाका प्रमुख तथा क्षेत्रीय सभापति राम स्नेही यादव र अतिथि हरुमा प्रदेशसभा (क ) क्षेत्रीय सभापति नरेश लामिछाने, नेपाली कांग्रेसका नेताहरु मुकेश गिरी, रबिन चन्द्र कोइराला,कल्याण कुस्वार,नेत्र कुश्वार,निलहरी ,कोइराला,देवराज कार्की,केदार थापा,नवराज देवकोटा,तरुण दलका सोभित सिलवाल लगाएत विभिन्न तह र तप्काका नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रम कांग्रेसका नेता श्रीराम न्यौपानेले सञ्चालन गरेका नेपाली कांग्रेसका युवा नेता कल्याण कार्कीले बताएका छन् ।