प्राइम खबर संबाददाता | असोज २, २०७८ शनिबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित पूर्ब पश्चिम राजमार्ग अन्र्तगत रहेको ६ लेन सडकको दाँया बाया सबारी पार्कीङको स्थल नै बनेको छ । 
राजमार्गको दाया बाया नै ठूला ठूला सबारी पार्किङ हुँदा शहरको स्वरुप नै कुरुप बनेसंगै त्यसले दुर्घटनाको जोखिमलाई समेत बढाएकोे छ । भर्खरै मात्र बनेको नबनिर्मित ६ लेनको कालोपत्रे सडकमा सबारी चालकहरुले अब्यबस्थित पार्किढ गर्नेसंगै सडकमै टायर खोल्ने,मर्मत गर्ने लगायतको कार्य गर्दा कालोपत्रे सडक बिग्रन लागीसकेको छ । 
नियमनकारी निकायले ध्यान नदिँदा र रौतहट टाफिकको फितलो कार्यशैलिका कारण सबारी चालकहरुले सबारीलाई राजमार्गमा नै पार्किङ स्थल बनाएका स्थानियहरु बताउछन् । ब्यस्त सडक रहको चन्द्रनिगाहपुरको मुख्य सडकमा नै लहरै ठूला ठूला सबारी पार्किङ गरीएको भएतापनि मुख्य चोकमा खटिएका ट्राफिक प्रहरी मुकदर्शक झै बनेर बसेका छन् ।



डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले ठेकेदार कम्पनी मार्फत असारमा मात्रै निर्माण सम्पन्न गराएको सो सडक ठाँउ ठाउँमा भत्कन लागीसकेको छ । ठूला सबारीको टायर मर्मत सडकमा नै गरीदा बनेका खोपिल्टा तथा डोबहरुबाट भत्कन समेत सुरु गरेको देखिएको छ । सडक निर्माण कार्य सम्पन्न पश्चात चन्द्रनिगाहपुरकोे स्बरुप नै परिबर्तन भई निकै नै सुन्दर र फराकिलो देखिएको सडक अस्त ब्यस्त ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका लापरबाहीका कारण जोखिम बन्दै गएको देखिन्छ । 
लेन अनुसासन पालना समेत नगरी सबारीहरु हुईकिदा त्यसले दुर्घटनाको जोखिम बढ्न सक्ने खतरा रहेको अबस्थामा ट्राफिक प्रहरीले समेत कुनै खास चासो नदिएको स्थानियहरुको आरोप रहेको छ ।
सडक लेनको दाँया बाँया रोकी राखेका सबारी हटाउन तथा त्यस स्थानमा लामो समय पार्किङ गर्न नदिईनुपर्नेमा सो कार्य रोकी दूर्घटना न्यूनिकरणतर्फ सम्बन्धित निकायको  पहल समेत नहुँदा त्यसतर्फ ध्यान नदिएको भन्दै चन्द्रनिगाहपुरका स्थानिय ब्यापारीहरु समेतले गुनासो ब्यक्त गरेका छन् ।