प्राइम खबर संबाददाता | असोज १, २०७८ शुक्रबार

नेपाली कांग्रेसले यसअघी प्रकासित गरेको महाधिबेशन कार्यतालिका फेरी प्रभाबित हुने भएको छ ।कांग्रेसले नयाँ कार्यतालिका अनुसार गाउँपालिका वा नगरपालिकाको अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन तोकेको भएपनी अझै १३ जिल्लाको क्रीयासिल सदस्यता टुङ्गो लाग्न बाकी रहेकाले कार्यतालिका प्रभाबित हुने भएको हो ।




१३ जिल्लाको क्रीयासिल सदस्यता निर्बाचन समितिमा आइनपुगेको निर्बाचन समितिका संयोजक माहादेब यादबले जानकारी दिए ।उनका अनुसार प्रदेश २ का सबै जिल्लाको ,त्यसैगरी डोल्पा रसुवा,बाके,रुपन्देही लगायत १३ जिल्लाको सदस्यता सुची निर्बाचन समितिमा आइपुग्न बाकी छ ।



नेता कृष्ण सिटौला नेतृत्वको समितिले बाकी १३ जिल्लाको जिल्लाको क्रीयासिल सदस्यता सुची आइतबारसम्ममा निर्बाचन समितिलाई दिने जानकारी गराएको संयोजक यादबले बताए ।उनी भन्छन “बाकी १३ जिल्लाको क्रीयासिल सदस्यता आइतबारसम्म निर्बाचन समितिलाई दिने कुरा भएको छ,आइतबार सदस्यता प्राप्त भएपनी ति जिल्लामा असोज ५ गरे वडा अधिबेशन गराउन असम्भब जस्तै छ ।“ बाकी जिल्लाको पनि सदस्यता पाएपछी ति जिल्लाहरुको पनि क्रीयासिल सदस्यता बिबरण पार्टिको वेब साइटमा सार्बजनिक गरिने र वडा अधिबेशनको काम अघी बढ्ने पनि उनले जानकारी गराए ।

नेपाली कांग्रेसले बाकी रहेका जिल्लाको वडा अधिबेशन असोज ५ गते त्यस्तै देशैभरिका गाउँपालिका वा नगरपालिकाको अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अविधेशन १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १५ गते अधिवेशन गर्ने नयाँ कार्यतालिका सार्बजनिक गरी सकेको छ । त्यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ गते अधिवेशन गर्नुपर्ने, प्रदेश तहको अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुनेछ।