प्राइम खबर संबाददाता | माघ १८, २०७७ आइतबार

रौतहटको चन्द्रनिगाहपुर सिटी जेसीजले सातौं पदस्थापना र पुरस्कार बितरण आइतवार सम्पन्न गरेको छ ।
 चन्द्रनिगाहपुरमा  बिहिवार सम्पन्न सो सभाले लोकेन्द्र खड्काको अध्यक्षतामा चन्द्रनिगाहपुर सिटी जेसीज वर्ष २०२१ गठन गरेको थियो ।
त्यसैगरि कार्यकारिणी उपाध्यक्ष जेसी जानुका कार्की, जेसी राजन श्रेष्ठ, उपाध्यक्षमा क्रमश संगम घिमिरे, जेसी कौशल चौहान, जेसी अनिल दाहाल र जेसी बसन्त घिमिरे सर्वसम्मतले चयन भएका थिए । नया पदाधिकारी लाई सपथग्रहण समेत गराइएको छ ।
कार्यक्रममा चन्द्रनिगाहपुर सिटी जेसीजका पुर्व पदाधिकारीहरु लाई पुरस्कार तथा मायाको चिनो बितरण गरिएको कार्यक्रममा विभिन्न शाखाका पदाधिकारीहरु सहभागी थिए । बर्ष २०२० का अध्यक्ष दिलिप सापकोटा ले आफ्नो कार्यकालमा भएको कार्य र आफ्नो पदाधिकारीहरु लाई धन्यवाद ज्ञापन गरेका छन ।
कार्यक्रममा जेसिजले  नेकपाका इन्चार्ज युवराज भट्टराई, संसद देव प्रसाद तिमल्सेना, सम्बिधान सभा सदस्य राम कुमार भट्टराई मानार्थ सदस्य र किरण रेग्मी लाई  आजिवन सदस्यता  प्रदान गरेको छ ।
उक्त  पदस्थापना कार्यक्रममा बिकास तथा प्रबिधी सभापती कल्याणी खड्का को प्रमुख आतिथ्य रहेको र  नेकपाका नेताहरु राम कुमार भट्टराई, युवराज भट्टराई ,चन्द्रपुरका मेयर रामचन्द्र चौधरी , प्रजिअ इन्द्रदेव यादव, जिल्ला स्थित विभिन्न  सुरक्षा निकायका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
वर्ष २०२१ का अध्यक्ष लोकेन्द्र खड्काले आफ्नो कार्यकालमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष खड्काको भनाइ रहेको छ ।