प्राइम खबर संबाददाता | भदौ ३०, २०७८ बुधबार

नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारी रौतहटको १४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
 बुधबार जिल्लाको चन्द्रनिगाहपुरमा भएको जिल्ला सम्मेलनले विद्यार्थी नेता कुन्दन महतोको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।
      'अग्रपंतिमा रहेका नेतादेखि ठुला ठुला कर्मचारीहरु सरकारी विद्यालयबाट नै आफ्नो अध्ययन पुरा गरे पनि उनीहरुले सामुदायिक विद्यालयहरुको पठन पठनमा सोचे अनुसारको परिवर्तन ल्याउन नसकेकोमा आफू चिन्तित रहेको' कार्यक्रमका प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङले बताए ।  सम्मेलनका विशिष्ट अतिथी युवराज भट्टराई समिरले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता ल्याउन अखिल क्रान्तिकारीले नयाँ तरिकाको शैक्षिक आन्दोलन गर्न आवश्यक रहेको बताएका छन् ।


भट्टराईले बोल्ने क्रममा स्थानीय तहमा छुटै किसिमका शिक्षा नीति बनाउन तथा शिक्षा माफियालाई जडै देखि अन्त गर्न अखिल क्रान्तिकारी  तात्नुको अर्को विकल्प नरहेको समेत उद्घोष गरेका छन् ।
    जेन्जय लामाको सभापतित्वमा सम्पन्न  सम्मेलनको प्रमुख अथिति रञ्जित तामाङ विशिष्ट अतिथीहरुमा माओवादी केन्द्रका प्रदेश सदस्य देवेन्द्र पटेल, अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रवि किरण, सूर्य नारायण साह तथा अतिथीहरुमा पार्टीका प्रदेश सदस्य अशोक जयसवाल, ओहिद अन्सारी,सरोज बछार लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको माओवादी केन्द्रका युवानेता जेन्जय लामाले बताए ।