प्राइम खबर संबाददाता | भदौ ३०, २०७८ बुधबार
डिभिजन बन कार्यालय रौतहटले ठुलो परिमाणमा तयारी चिरान काठ बरामद गरेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नंबर—३ स्थित गैडाटार सब–डिभिजन बन कार्यालय अन्तर्गत रहेको हिलेखोला जंगलबाट डिभिजन बन कार्यालय रौतहटबाट खटेका वन गस्ती टोलिले साल प्रजातिको चिरानको ५१ थान कडी बरामद गरेको छ ।
बुधबार वन कर्मचारी रञ्जित राय यादब र जमदार जयलाल पटेलको नेतृवमा गएको गस्ती टोलिले बरामद गरेको चिरान काठको परिमाण ४६.०४ क्युफिट रहेको बताइएको छ ।
वन गस्ती टोलिले सोही स्थानबाट ११ थान साईकल र तस्करीमा संलग्न एकजना समेतलाई पक्राउ गरेको छ पक्राउ पर्नेमा सुत्नेखोला बस्ने ४३ वर्षिय लाल बहादुर बम्जन रहेका छन पक्राउ परेका बम्जन र बरामद काठ तथा साइकल थप अनुसन्धानका लागि कार्यालयमा पेश गरिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।