प्राइम खबर संबाददाता | भदौ २९, २०७८ मंगलबार
सप्तरी स्थित रहेको कञ्चनरुप नगरपालिकाले पत्रकारहरुलाई ल्यापटप वितरण गरेको पाइएको छ ।
महालेखापरीक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा नगरपालिकाले चार थान ल्यापटप चारजना पत्रकारलाई वितरण गरेको रहस्य खुलेको हो ।
नगरपालिका कार्यालयले आर्थिक वर्ष २०७६।०७७ मा जानकी ट्रेडर्सबाट २ लाख ४३ हजार ८ सयमा चार थान एचपी कम्पनीको ल्यापटप खरिद गरि वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।
वितरण गरेको ल्यापटप सम्बन्धित पालिकाकै सम्पति रहेकाले बाहिर उपयोग गर्न नमिल्ने भन्दै महालेखापरीक्षकले चारै ल्यापटप फिर्ता लिन भनेको स्रोतले जनाएको छ ।