प्राइम खबर संबाददाता | भदौ २९, २०७८ मंगलबार

रौतहट जिल्ला समन्वय समितिको संयोजकमा प्रदेश सभा सदस्य धनलाल ठोकर लाई जिम्मेवारी तोकिएको छ ।
प्रदेश नंबर २ सरकार अन्तर्गत रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको मन्त्री स्तरीय निर्णयले  ठोकरलाई जिम्मेवारी तोकिएको बताइएको छ । 
जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि अनुरूप रौतहट जिल्लाको लागि जिल्ला समन्वय समितिको संयोजक पदमा चयन गरी जिम्मेवारी तोकिएको बताइएको छ। 
जनता आवास कार्यक्रमले रौतहटमा खासै प्रभावकारी रूपमा कार्यक्रमको उदेश्य अनुरुप सो कार्यक्रमले गति लिएर जनपक्षिय कार्य गर्न नसकिरहेको अवस्थामा ठोकरलाई जिम्मेवारी तोकिएपछि सो जनता आवास कार्यक्रम प्रभावकारी हुने विश्वास रहेको नेपाली कांग्रेसका युवा नेता नितेश कुमार गुप्ताले बताए ।