प्राइम खबर संबाददाता | भदौ २८, २०७८ सोमबार

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । संसदमा  जारी गतिरोध अन्त्यका लागि सभामुखले सोमबार दिउँसो साढे २ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।


संसदमा एमालेले निरन्तर अवरोध गर्दै आईरहेको छ । एमालेले माधवकुमार नेपालसहित पार्टीले निष्कासन गरेका १४ सांसदलाई संसद् बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ ।



आइतबारको बैठक पनि अवरुद्ध गरिएपछि प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।