प्राइम खबर संबाददाता | भदौ २७, २०७८ आइतबार

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको प्रथम चन्द्रपुर नगर सम्मेलन आइतबार सम्पन्न भएको छ । 
  रौतहटको चन्द्रनिगाहपुर स्थित जनज्योती बहुमुखी क्याम्पसमा सम्पन्न भएको प्रथम सम्मेलनले दिनेश थापाको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी चयन गरेको विद्यार्थी नेता चेत बोलखेले बताए ।  
उक्त कमिटीको उपाध्यक्षमा दरिमाया योन्जन र नितेस कुश्वाहा ,  सचिव दिपेश बछार , सहसचिव बिजय मोक्तान , कोषाध्यक्ष डोलमाया योन्जन सहित ३५ सदस्यीय नगर कमिटी निर्वाचित भएका नेता बोलाखेले जानकारी दिएका छन् ।