प्राइम खबर संबाददाता | माघ १७, २०७७ शनिबार
रौतहट तराईमा केहि दिन देखि बढेको चिसो र शीतलहरले जन जीवन अस्त व्यस्त पारेको छ । बढ्दै गएको चिसो सगै शनिबार चन्द्रपुर नगरपालिका वडा नंम्बर .२ का वडा सदस्य बिनोद चौधरी (अजय) को विशेष पहलमा सामुदायिक बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोग मार्फत चिसो बाट बाँच्न र शीतलहर पीडित विपन्न परिवारलाई लक्षित गर्दै जुडिबेलाको एक टोलमा न्यानो सामग्री वितरण गरिएको छ ।
सो संस्थाले आगामि दिनमा पनि सहयोग र सहकार्य गर्दै अन्य विपन्न समुदायका पहिचान गरी राहत वितरण कार्य गर्दै जाने लक्ष्य लिएको सदस्य चौधरीले जानकारी दिएका छन् ।