प्राइम खबर संबाददाता | भदौ २२, २०७८ मंगलबार

 रौतहटमा चाडबाड नजिकिएसंगै चोरी डकैतिका घटनाहरु घट्न थालेका छन् । जिल्लाको दुर्गाभगबती गाउपालिका स्थित मत्सरीमा गएराती डाकाहरुको समूहले  एक घरमा लुटपाट गरेका छन् । फिल्मी शैलिमा मास्क लगाएर आएका लुटेरा समुहले  वडा नम्बर ३ मत्सरी निबासी सरोजानन्द झाको घरमा लुटपाट गरेका हुन् ।


 घरमा डाकाहरुको समुहले निर्धक्क रुपमा  लुटेर फरार रहदा समेत प्रहरीको सक्रियतामा शुन्यता देखिएको स्थानीयबासीको आरोप रहेको छ ।



सो घरमा राती डकैती भएपछि मङ्गलबार बिहान जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नारायण चिमरिया घटनास्थल पुगेका छन् । लुटेरा समुहले सुनचाँदी लगायत नगद समेत लुटेर लगेको पीडित झा बताउछन । घटनाबारे थप अनुुन्धान भईरहेको रौतहट प्रहरीले जनाएको छ ।