प्राइम खबर संबाददाता | भदौ १८, २०७८ शुक्रबार

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद  शर्मा ओलीले पार्टीका नेता योगेश भट्टराईलाई प्रवक्ताबाट हटाएका छन् । माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमै बसेका योगेशलाई पार्टी प्रवक्ताबाट हटाइएको हो । एमालेमा समाहित भएलगत्तै २०७५ जेस्ठ २ गतेकै सम्रचनामा पार्टी फर्किएको भन्दै योगेशलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । त्यसैअनुसार मध्यमार्गी नेताहरूले एमालेमै बस्ने निर्णय गरेपछिको पत्रकार सम्मेलनमा उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । 
तर दुई साता पनि नबित्दै भट्टराईको प्रवक्ता पद खोसिएको छ । बिहिबार एमालेले दार्चुला तुईन प्रकरणबारे निकालेको विज्ञप्तिमा भने प्रवक्ता परिवर्तन गरिएको छ । उक्त विज्ञप्तिमा प्रदीप ज्ञवाली प्रवक्ता रहेर विज्ञप्ति जारी गरिएको जनाइएको छ ।
दार्चुला प्रकरणमा एमाले पार्टीको लेटरप्याडमा निकालिएको विज्ञप्तिमा प्रदीप ज्ञवालीको नाम प्रवक्ताको रूपमा उल्लेख गरिएको छ । इतर पक्षलाई हदै सम्म पेलेर अघि बढ्न माहिर मानिने ओली उनकै स्वेच्छाचारी प्रवित्तिको कारण नेकपा फुटेर टुक्रा टुक्रा भई अहिले एमाले समेत विभाजित बनेको छ ।