प्राइम खबर संबाददाता | माघ १६, २०७७ शुक्रबार

रौतहट चन्द्रपुर १ बाट लागू औषध नाइट्रावेट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिवार साझ  ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर  र लागू औषध नियन्त्रण व्यूरो, शाखा कार्यालय, विरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं.१ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने मंगलपुर चोकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बागमती बाट चपुर तर्फ आउँदै गरेको  सर्लाही बागमती न.पा.वडा नं.४ सुकदेव टोलका शेर बहादुर कुश्वारलाई पक्राउ गरेको इलाका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 कुश्वारले चढी आएको  पल्सर मोटरसाइकलमा प्रहरी लाई  शंका लागी  चेकजाँच गर्दा निजले लगाएको ज्याकेट भित्र पछाडीको भागमा लुकाई छिपाई ल्याएको पोलिथिन झोलामा सात वटा प्याकेटमा २ हजार १ सय पिस Nitrazepam Tablets IP NITRAVET-10 नामक प्रतिबंधित लागु औषध फेला परेको हुनाले पक्राउ गरेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक  लिलाराज लामिछानेले  बताएका छन् ।
पक्राउ परेका कुश्वारलाई  सम्मानित रौतहट जिल्ला अदालतबाट म्याद थप गरी न्यायीक हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ ।