प्राइम खबर संबाददाता | भदौ १६, २०७८ बुधबार
नेपाली कांग्रेसले सार्वजनिक गरेको बागमती प्रदेशका क्रियाशील सदस्यहरूको सूची अन्तर्गत बाँकी रहेको मकवानपुर लगायत अन्य जिल्ला सुनसरी र बाग्लुङ जिल्लाका क्रियाशील समेत नामावली सार्वजनिक गरेको छ ।
कांग्रेसको १४औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका थप ३ जिल्लाहरूको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरिसकेको समितिले जनाएको छ । यस अघि सार्वजनिक भएको नामावलीमा यी जिल्लाहरूका नाम लिस्टमा थिएनन् । थपिएका तीन जिल्लाहरूमा निर्वाचन अधिकृतलाई समेत खटाइसकिएको समितिका संयोजक महादेवप्रसाद यादवले बताए । ६ वटै प्रदेशका जिल्लाहरूको लिस्ट सार्वजनिक भइसकेको भएता पनि २ नम्बर प्रदेशको हकमा भने ८ जिल्ला मध्ये हालसम्म कुनै पनि जिल्लाको पनि क्रियाशील सदस्यको नाम सार्बजनिक गरिएको छैन ।