प्राइम खबर संबाददाता | भदौ १४, २०७८ सोमबार
सुनकोसी गाउँपालिका वडा नम्बर २ का नेकपा एमाले युवा संघका अध्यक्ष गुन्जा बहादुर थापा मगर सहित १२४ जना युवा नेता नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छ्न।
शनिबार सुनकोसी गाउपालिका रामटारद्वारा आयोजित नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं. २ क को अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले युवा संघका अध्यक्ष थापा सहित १२४ जना युवानेता नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन ।
कार्यक्रमका प्रमुख अथिती नेपाली काङ्ग्रेसका पुर्व स्वस्थ्य मन्त्री गगन थापा विशेष अतिथि उज्ज्वल बरालले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए। नेकपा एमाले युबा संघको अध्यक्षले नै नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश हुँदा एमालेमा भुइचालो नै गएको हो।