प्राइम खबर संबाददाता | भदौ १३, २०७८ आइतबार
नेकपा(एकीकृत समाजवादी)संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन्। आइतबार बसेको नेकपा(एकीकृत समाजवादी)को संसदीय दलको बैठकले नेपाललाई नेता चयन गरेको हो। नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा २३ सांसद छन्। यसैबीच एकीकृत संसदीय दलको राष्ट्रिय सभामा संसदीय दलका नेतामा बेदुराम भुसाल चयन भएका छन्। राष्ट्रिय सभामा एकीकृत समाजवादीका ७ सांसद छन्।