प्राइम खबर संबाददाता | भदौ ११, २०७८ शुक्रबार
नेपाली कांग्रेसले आशन्न १४ औं महाधिवेशनका लागि वडादेखि जिल्लासम्म अधिवेशन गर्नका लागि ३८ जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको छ।
वडा अधिवेशन सुरु हुन एक सातामात्र बाँकी रहेका बेला कांग्रेसले ३८ जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको हो। निर्वाचन समितिले वडादेखि जिल्लासम्मका विभिन्न तहको अधिवेशन गर्न केन्द्रीय निर्वाचन अधिकृतहरु खटाइएको जानकारी दिएको छ।
साउन ३० गते सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकले भदौ १८ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो सोही निर्णय अनुसार तयारी गरिएको नेपाली कांग्रेसले जनाएको छ ।