प्राइम खबर संबाददाता | भदौ १०, २०७८ बिहिबार

 माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको समाजवादी प्रेस नेपालको तदर्थ संगठन गठन भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा भएको भेलाबाट शम्भु श्रेष्ठको संयोजकत्वमा तदर्थ संगठन गठन गरेको छ । एमाले निकट प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीको अध्यक्षतामा भएको भेलामा नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, विजय पौडेल, पत्रकार बालकृष्ण चापागाइँ, किशोर श्रेष्ठ लगायतकको सहभागिता थियो ।