प्राइम खबर संबाददाता | भदौ १०, २०७८ बिहिबार

माधव कुमार नेपाल नेतृत्वको नव गठित नेकपा(एकिकृत समाजवादी) पार्टी तत्कालै सरकारमा जाने भएको छ । 


बुधबार दल दर्ताको प्रमाणपत्र पाएसँगै नेपाल नेतृत्वको पार्टीले आधा दर्जन मन्त्रालय सम्हाल्ने गरि सरकारमा सहभागी हुने लागेको हो ।



 पार्टीको वैधानिकता कुरेर नै अहिलेसम्म सरकार विस्तारमा ढिलाई भएको थियो । माधव नेपाल नेतृत्वको पार्टीबाट  कल्याणी खड्का, मेटमणी चौधरी, प्रेम आले, बिरोध खतिवडा, रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ लगायतमध्येबाट मन्त्री हुने सम्भावना रहेको श्रोतले बताएको छ । शुक्रबार अगावै नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण गराउने तयारी रहेको पनि श्रोतको भनाइ रहेको छ ।