प्राइम खबर संबाददाता | माघ १६, २०७७ शुक्रबार
बाराको एक खाद्यान्न पसलमा आगलागि हुँदा करिब एक करोड मूल्य बराबरको समान जलेर नष्ट भएको छ। बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको जीतपुर मा गएराति अचानक बिद्युत सर्ट भई आयुष किराना पसलमा आगलागी हुँदा करिब एक करोड मुल्य बराबरको सामान जलेर नष्ट भएको पसलका सञ्चालक महाबिर प्रसाद कलवारले जानकारी दिएका छन । पसल बन्द भएको समयमा आगलागि भएका कारण मानविय क्षती नभएपनि पसलमा भएको दाल,चामल,आटा ,चिनी , बिस्कुट, लगायतका खाद्यन्न सामान जलेर नष्ट भएको छ । सो उपमहानगरपालिका र बिरगंज महानगरपालिकाको बारुण यन्त्र ,स्थानीयबासी ,नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा करिब तीन घण्टाको लामो प्रयासले आगलागि नियन्त्रणमा आएको थियो ।