प्राइम खबर संबाददाता | भदौ ४, २०७८ शुक्रबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुर मा अवस्थित होटल ए एन प्लाजाले आफ्नो थप सेवा विस्तार गर्ने भएको छ । पछिल्लो समय सबैको मन जित्न सफल होटल हरेक सभा,समारोह, मिटिङ तथा कार्यक्रमको लागि उपयुक्त गन्तव्य बनेको होटल ए एन प्लाजाले फेमिली रेस्टुरेन्ट, डाइनिङ सर्विस, बैंकिटहल,विवाह तथा समारोहको लागि पार्टी प्यालेस सहितको सुविधा दिँदै आइरहेको छ ।




सुन्दर, शान्त एबम् पारिवारिक वातावरणमा रहदै आएको होटल सुमुधुर सम्बन्ध र मधुर व्यवहारको कारण चन्द्रनिगाहपुरबासीमा लोकप्रिय बन्दै आफ्नो सेवा विस्तार गर्दै आइरहेको छ ।

वैदेशिक रोजगारीबाट फर्किदै आफ्नै देशमा,आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने अभिलाषाका साथ रौतहटका दुई युवा अरविन्द चौधरी र नरेन्द्र यादव मिलेर सुरुवात गरेको होटल व्यवसायले अहिले अन्य युवाको निम्ति समेत प्रेरणाको उदारहण बनेको सुब्बा कार्की बताउँछन् ।



सो होटलले आफ्नो सेवालाई अझ थप गर्ने उद्देश्यले फ्रेश जुस सञ्चालनमा ल्याउन लागेको सञ्चालकद्धयले बताएका छन्। जुसका पारखीहरुको निम्ती चन्द्रनिगाहपुरमा भन्नेबित्तिकै नपाइने र खास फ्रेश जुस को लागि भनेर खुलेका कुनै पसलहरु नहुँदा बिरामी, अशक्त एबम् फ्रेश जुसका पारखीहरुको लागि असुविधा भोग्दै आएकाहरुका लागि ए एन प्लाजा को यस किसिमको सेवाले सुविधा पुग्ने भएको छ ।

ग्राहकहरुले फ्रेश जुसको माग अत्याधिक गरेको र बजारमा भएको फ्रेश जुस अभावमा असुविधा भोग्दै आउनुपरेको अवस्थामा होटल ए एन प्लाजा थप सेवा विस्तार गरी ग्राहक वर्गहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै शुद्ध ताजा फ्रेश जुसको लागि ए एन फ्रेश जुस सञ्चालनमा ल्याउने तयारी पूरा भइसकेको र अबको केही दिनपछि सञ्चालनमा ल्याइने होटल ए एन प्लाजाका सञ्चालक अरविन्द चौधरीले बताए ।