प्राइम खबर संबाददाता | भदौ २, २०७८ बुधबार

सर्लाहीको लालबन्दीमा एक किशोरीको शव फेला परेको छ। लालबन्दी नगरपालिका वडा नम्बर १७ रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेलको शव स्थानीय खोलामा फेला परेको प्रहरीले जनाएको छ।


रानीगन्ज डाँडाटोल निवासी राजन भुजेलकी छोरी प्रिंयका गएको साउन ३१ गतेदेखि बेपत्ता थिइन्।



गएराति स्थानीय कालीञ्जोर खोलामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए।उनको मृत्युको कारण खुलेको छैन। घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रियंकाको हत्या भएको दाबी गर्दै  दोषीलाई कारबाहीको माग गर्दै स्थानिय र आफन्तजनले केहीबेर राजमार्ग समेत अवरुद्ध गरेका थिए ।