प्राइम खबर संबाददाता | साउन ३२, २०७८ सोमबार
रौतहटमा सोमबारदेखि लागु भएको निषेधाज्ञाको पहिलो दिन नै निषेधाज्ञाको अवज्ञा भएको छ । रौतहटको चन्द्रपुर वडा नं ६ स्थित चन्द्रनिगाहपुर हाट बजार निर्वाद रूपले सञ्चालन आएको छ ।
आईतबार मात्र जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम यथावत् रहेको भन्दै नेपाल सरकार मन्त्रीपरिषद्को बैठक र सीसी एम सी को निर्णय अनुसारको निर्णय कार्यान्वयन गराउन भन्दै भदौ १५ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।
जिल्लामा जारी निषेधाज्ञाको अवज्ञा गर्दै चन्द्रनिगाहपुर स्थित हाटबजार निर्वाद रूपले सञ्चालन आउँदा स्थानीय प्रशासन र नगरपालिकाले सो तर्फ ध्यान दिन सकेको छैन । जिल्ला प्रशासनको विज्ञप्तिमा निषेधाज्ञाको पूर्ण पालना गर्न गराउन अनुरोध गरिएको भएतापनि सो कार्यान्वयन गराउन सम्बन्धित निकायले कुनै पहल नगरेको स्थानीयहरू बताउँछन् ।
निषेध गरिएको कुराहरू मध्ये पहिलो नम्बरमा हाट बजार,मेला र भेला लाई विशेष जोड दिएको भएतापनि त्यसको पूर्ण पालना गराराउन स्थानीय प्रशासन असक्षम देखिएपछि जिल्लामा जारी निषेधाज्ञा कागजमा मात्र सीमित भएको स्थानीयहरु बताउँछन् ।