प्राइम खबर संबाददाता | साउन ३२, २०७८ सोमबार
प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रा सिफारिस भएका छन् । मन्त्रिपरिषद बैठकले मिश्रालाई प्रदेश २ को प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।
मिश्रालाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको स्रोतले जनाएको छ।
महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा घर भएका उनी नेपाली कांग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्राका छोरा हुन्। मिश्रा नेपाली कांग्रेसबाट सांसदमा निर्वाचित भएका थिए।
खड्ग प्रसाद ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झा अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । मिश्रा प्रदेश प्रमुख भएसँगै झा पदमुक्त हुने भएका छन् ।